Connect with us

आफ्नो फोन बिग्रिएपछि अमिताभले गरे ट्वीट, जसले निम्त्यायो सवाल जवाफ

बलिउडका महानायकका रुपमा परिचित अमिताभ बच्चनले आफ्नो मोबाइल बिग्रिएपछि गरेको ट्वीटले सवाल जवाफ गराएको छ । अमिताभले आफ्नो सामसुङको एस ९ मोबाइलमा खराबी आपछि गरेको ट्वीटले सवाल जवाफ निम्त्याएको हो । अमिताभले आफ्नो फोन बिग्र्रिको भन्दै सामसुङको कम्पनीसँग मद्दतका लागि अपिलसहित ट्वीट गर्दै गरेका थिए । अमिताभले ट्वीट गरेको केही मिनेटमै शाओमीका वीपी मनुकुमार जैनले अमिताभ ट्वीटमा एउटा मिठो जवाफ दिए ।

अमिताभको ट्वीटको रिप्लाई दिँदै उनले लेखे, ‘अमितजी, अब तपाईंको पुरानो फोन पालेर नयाँ फोन खरिद गर्ने समय भैसकेको छ । यदी तपाईंलाई जरुरी भए हामीलाई खुशी मिल्छ तपाईंलाई एउटा फोन दिँदा ।’

तर जैनको जवाफ दिँदै अमिताभले अर्को ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘मेरो फोन अब ठिक भएको छ । सामसुङले केही मिनेटमा नै मेरो फोन ठिक गरिदिएको छ तर मेरो लागि यो रात धेरै मुश्किल बित्यो किनकी मेरो फोन पूर्ण रुपमा बिग्रिएको थियो ।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.