Connect with us

राससकर्मी भण्डारीलाई पितृशोक

सुरुङ्गा, १ जेठ : राष्ट्रिय समाचार समिति (रासस) का झापा कार्यालय प्रमुख चन्द्रकला (अम्बिका) भण्डारीलाई पितृशोक परेको छ । भण्डारीका पिता लोकबहादुरको आज बिहान इलाममा निधन भएको हो । इलाम, माङ्सेबुङ गाउँपालिका वडा नं १ तोभाङ निवासी ९५ वर्षीय भण्डारीको निजी निवासमै निधन भएको हो ।

पत्रकार भण्डारीका पिता दुई महिनाअघि घरमै लड्दा दाहिने खुट्टाको कम्मरमुनिको जोर्नी खुस्किएको थियो । भण्डारीका श्रीमती, पाँच छोरा र नौ छोरी हुनुहुन्छ । रासस परिवार स्व लोकबहादुरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.