Connect with us

अस्पताललाई अक्सिजन सिलिण्डर

ताप्लेजुङ, १ जेठ : ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर क्सिजन सिलिण्डर किनेर अस्पताललाई प्रदान गरेको हो ।

सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लगायत फुङ्लिङका व्यवसायीको सहयोगमा विराटनगरबाट सिलिण्डर खरिद गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सांसद भट्टराईले दुई लाख र मन्त्री आङ्बुहाङले एक लाख रुपैँया सिलिण्डर खरिदमा सहयोग गर्नुभएको थियो । यस्तै बजारका ३३ व्यवसायीले एक देखि १५ हजार रुपैँया सम्म सहयोग गरेका थिए । कम्तिमा ५० सिलिण्डर प्रदान गर्ने संघको लक्ष्य अनुसार हाल ३५ थान सिलिण्डर खरिदका लागि पैसा जम्मा गरी खरिद प्रक्रिया अघि बढेकोमा ८ थान आएको हो । बाँकी आउने प्रक्रियामा छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.