Connect with us

नलगाडका सबै सेवा बन्द

जाजरकोट, ३० वैशाख : नलगाड नगरपालिकाले कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना देखिएको भन्दै आजदेखि आफ्नो सेवा बन्द गरेको छ । यही वैशाख ३० गतेदेखि बन्द गरेको सेवा आगामी जेठ ३ गतेपछि मात्र सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । नगरपालिकाभित्रका सबै वडाबाट प्रवाह हुने सेवासमेत बन्द भएको छ । त्यस्तै वडा नं ११ का वडा सदस्यको मृत्युसमेत भइसकेको छ । दैनिक कोरोनाका कारण अवस्था चिन्ताजनक भएको भन्दै सेवा प्रवाह गर्न मुस्किल भएको नगरपालिकाले जनाएको छ ।

डिसीसीएमसी आर्थिक सङ्कटमा, काम गर्न मुस्किल
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र आर्थिक सङ्कट हुँदा काम गर्न मुस्किल भएको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका आइसोलेशन अनुगमन, निरीक्षण गर्नका लागि प्रयोग गर्नुपर्ने यातायातका साधन र सुरक्षा सामग्री नहुँदा काम गर्न मुस्किल भएको डिसीसीएमसी जनाएको छ ।

सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन पुराना भएकाले मर्मत तथा भाडामा लिनुपर्ने देखिएकाले डिसीसीएमसी बजेट नहँुदा काम गर्न समस्या भएकाले प्रदेश सरकारसँग बजेट माग गरिएको छ । सुरक्षा निकायले प्रयोग गरिरहेका यातायातका साधन पुराना भएकाले छिटोछरितो काम गर्नका लागि मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको डिसीसीएमसीको भनाइ छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.