Connect with us

सात सङ्क्रमितको मृत्यु

पर्सा, २७ वैशाख : बितेका २४ घण्टाभित्र पर्सामा सात कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत चार महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, कडा निमुनियाबाट ग्रसित रहेको पर्सा निवासी छ र एक बारा निवासी सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो । वीरगन्जको नारायणी अस्पातलमा भर्ना रहेका वीरगन्ज–३ छपकैया निवासी ७२ वर्षीया महिलाको आइतबार दिउँसो १२ः१५ बजे, पर्साको विन्दवासनी गाँउपालिका–४ निवासी ५० वर्षीया महिलाको आइतबार अपराह्न ४ः१५ बजे, पर्साको बहुदरामाई नगरपालिका–२ निवासी ६० वर्षीय पुरुषको आज बिहान ९ः०० बजे र बाराको निजगढ–७ निवासी ६० वर्षीय पुरुषको आज बिहान २ः०० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसै वीरगन्जको तराई अस्पतालमा भर्ना रहेका वीरगन्ज–१० निवासी ६० वर्षीय पुरुषको आइतबारे दिउँसो १२ः१० बजे, नेशनल मेडिकल कलेजको अस्थायि कोभिड उपचार केन्द्रमा भर्ना रहेकी पर्साको पकहामैपुर गाँउपालिका– ५ निवासी ३८ वर्षीया महिलाको आइतबार साँझ ६ः३० बजे र वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना रहेकी ६० वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.