Connect with us

म्याद अगावै ठेक्का सम्पन्न हुँदै

टिस्टुङ, २५ वैशाख : सम्झौताको म्याद अगावै मकवानपुरको हात्तीसुँढे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको विवेक विनिता निर्माण सेवाले ठेक्का पाएका अन्य निर्माणका दुई काम पनि सम्झौता अगावै सम्पन्न गरेको छ । हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीमा २९८ मिटर स्लाब ढलान र वाग्मती गाउँपालिका–५ बगेरीमा ८०३ घनमिटर जाली भर्ने काम म्याद अगावै सम्पन्न गरिएको विवेक विनिता निर्माण सेवाका प्रबन्धक विवेक बोलखेले जानकारी दिनुभयो । वाग्मती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको करीब रु ४५ लाखमा ठेक्का पाएको हेटौँडा–१२ स्थित विष्णुचोक–खोराङ स्लाब ढलानको सम्झौता म्याद २०७८ साल असार २२ गतेसम्म छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको रु २० लाख बजेटमा सम्पन्न गर्नुपर्ने वाग्मती–५ स्थित बगेरी बस्ती बचाउ कार्यक्रमको म्याद २०७८ साल असार ३० गतेसम्म तोकिएको छ । दुवै ठेक्काअन्तर्गत निर्माण कार्य सम्पन्न भइसकेको र अब हस्तान्तरणको काम मात्र बाँकी रहेको निर्माण कम्पनीका सञ्चालक राजनप्रसाद बोलखेले बताउनुभयो । चालु आर्थिक वर्ष २०७७÷७८ मा उक्त कम्पनीले बकैयामा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिरहेको छ । त्यसैगरी मकवानपुरगढी गाउँपालिका–५ को सामुदायिक भवन पनि तीव्र गतिमा निर्माण भइरहेको प्रबन्धक बोलखेले बताउनुभयो । (रासस)

 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.