Connect with us

ताप्लेजुङलाई प्रदेश सरकारबाट १५ लाखसहित स्वास्थ्य सामग्री उपलब्ध

फुङ्लिङ, २४ वैशाख : प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले रु १५ लाखसहित १० शय्या र पिपिइलगायतका सामग्री ताप्लेजुङका लागि पठाउनुभएको छ । आइसोलेशन निर्माण तथा सञ्चालन गर्न सो रकम पठाइएको हो ।

कोभिड–१९ नियन्त्रण लागि तत्कालका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमार्फत रु १५ लाख पठाउनुभएको मन्त्री आङ्बुहाङका स्वकीय सचिव नारद गुरागाईँले जनाकारी दिनुभयो । स्टेन, टुलबक्सलगायत १० थान शय्यासमेत मन्त्री आङ्बुहाङले ताप्लेजुङका लागि पठाउनुभएको छ । यससँगै २०० थान पिपिइ सेट, ३०० थान स्वाब सङ्कलन गर्ने कीटबक्स, ४५ थान थर्मलगन र मास्क र स्यानिटाइजरसहितका सामग्री ताप्लेजुङका लागि पठाइएको गुरागाईँले जनकारी दिनुभयो । स्वास्थ्य सामग्री आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आइपुग्ने गुरागाईँले बताउनुभयो । ताप्लेजुङसहित प्रदेश नं १ का हिमाली जिल्लाका लागि पिसिआर परीक्षण मेसिनसमेतको खोजी भइरहेको गुरागाईँले जानकारी दिनुभयो ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.