Connect with us

विनोदको खुसी फर्कियो, अनिता बिस्तारै हिड्न र बस्न सक्ने भइन ,यस्तो छ पछिल्लो अबस्था (भिडियो हेर्नुस्)

अनिता र विनोद कुनै सेलिव्रेटी होइनन् । तर पनि अहिले सामाजिक सञ्जालमा उनीहरुको चर्चा छ । कारण विनोदले पत्नी अनिताका लागि देखाएको माया । अस्पताल ल्याउँदा विनोदले अनिता निको भएर घर फर्कने आश गरेर ल्याएका थिएनन् । जे हुन्छ अस्पतालमै हुन्छ भनेर ल्याएका थिए । तर अहिले उनको खुसी फर्कदै गएको छ । अनिता विस्तारै बोल्न थालेकी छन् । अरुको बोलेको बुझ्न समेत भएकी छन् ।

०७२ सालमा अनिता र विनोद वैवाहिक सम्बन्धमा गाँसिएका थिए । घर गुल्मी भए पनि विनोद अनितासँगै भैरहवामा बस्न थाले । बिहेको दुई वर्षपछि छोरी आहनाको आगमनले उनीहरुको जिन्दगीमा खुशी थपिदिएको थियो । जिन्दगी ठिकैठाक चल्दै थियो। गएको जेठबाट भने सबैकुरा गडबड हुन थाल्यो। बुटवलमा घर बनाउने, छोरीलाई राम्रो स्कुलमा पढाउने, पति–पत्नी दुवैले जागिर गर्ने विनोदको योजनामा पानी पोखियो।

जेठ २९ गते । सदाजस्तै विनोद खड्का काममा व्यस्त थिए । बेलुका ५ बज्नै लाग्दा पत्नी अनिताले खप्नै नसक्नेगरी टाउको दुखेको भन्दै विनोदलाई फोन गरिन् । अनिताको आत्तिएको आवाज सुन्नासाथ विनोद हतारहतार कामबाट घर फर्के । भिडियो हेर्नुस्

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.