Connect with us

५० बिघामा लगाइएको अवैध गाँजाखेती नष्ट

मुग्लिन, १० मङ्सिर : चितनवनमा ५० बिघामा लगाएको अवैध गाँजाखेती नष्ट गरिएको छ । चितवन प्रहरीले राप्ती नगरपालिका–११ को डिटार, गाल्चन भन्ज्याङ, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्कीडाँडा, वडा नं १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं १३ को कालीटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोलालगायतका स्थानमा लगाएको अवैध गाँजा नष्ट गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई दिन लगाएर गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ५० बिघामा लगाइएको करिब ३६ लाख गाँजाको बोट नष्ट गरिएको छ । ती वडाका बस्तीमा स्थानीयवासीसँग जनचेतनामूलक अन्तक्र्रियासमेत सम्पन्न गरिएको प्रवक्ता थापाले बताउनुभयो ।

वडा कार्यालयको भवन निर्माणका लागि जग्गादान
चितवनको इच्छाकामना गाउँपालिका–२ को वडा कार्यालय भवन बनाउन स्थानीयवासीले जग्गादान गरेका छन् । स्थानीय तोपबहादुर बुढाथोकीले वडा कार्यालय भवन बनाउन एक कठ्ठा जग्गादान गर्नुभएको हो । उहाँले मङ्गलबार एक कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, वडाध्यक्ष पञ्चबहादुर चेपाङलगायत स्थानीयवासीको रोहवरमा निःशुल्क जग्गा उपलब्ध गराएको घोषणा गर्नुभएको हो । उक्त दान गरिएको जग्गा सम्बन्धमा गाउँपालिका र बुढाथोकीबीच मङ्गलबार नै एक सम्झौतासमेत भएको वडाध्यक्ष चेपाङले जानकारी दिनुभयो ।

वडा कार्यालय निर्माणका लागि जग्गा प्राप्त भएसँगै अब कार्यालय भवन निर्माणको प्रक्रिया छिट्टै शुरु गरिने उहाँले बताउनुभयो । यस्तै जग्गा उपलब्ध गराउने दाता बुढाथोकीलाई गाउँपालिका अध्यक्ष गुरुङ, वडाध्यक्ष चेपाङलगायत स्थानीयवासीले सम्मानसमेत गरेका थिए ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.