Connect with us

राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सातको मृत्यु

कम्पाला ४ मङ्सिर : युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको बताइएको छ । बिहीबार भएको सो हिंसात्मक प्रदर्शनमा परेर सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समयानुसार सोमबारसाँझबाट यहाँ शुरु भएको यस प्रदर्शनको क्रममा सात जनाको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका प्रहरी प्रवक्ता फ्रेड एनानगाले मंगलबार एएफपी समाचार समितिलाई जनाउनुभएको छ । प्रदर्शनको क्रममा कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले निर्माण गरेका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले ती प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।तर पनि सोमबारदेखि नै उहाँका समर्थकहरुले प्रहरीलाई नै आक्रमण गरिरहेका बताएको थियो । यस क्रममा प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई बिहीबार प्रहरी हिरासतमा पनि लिएको छ ।

त्यसपछि बिहीबार प्रदर्शन थप हिंसात्मक भएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ । युगान्डामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा बोबी वाइन पनि एक उम्मेदवार हुनुहुन्छ । उहाँ यहाँको विपक्षी राजनीतिक दलको नेता पनि हुनुहुन्छ । युगान्डाका प्रसिद्ध पप गायक उहाँ पछि राजनीतिमा आउनुभएको हो । उहाँ हालका युगान्डा राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्धन्द्धी हुनुहुन्छ ।विरोध प्रदर्शन गएको सोमबारदेखि नै भएको थियो तर आज बढी हिंसात्मक भएको यहाँको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस प्रदर्शनका क्रममा बिहीबार बोबी वाइनका समर्थकहरुले कम्पालाका सडकहरुमा आगो बालेर, यहाँका कतिपय भौतिक संरचनामा आगजनी गरेर र सडक अवरुद्ध गरेर विरोध गरिरहेका छन् ।(रासस÷एएफपी)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.