Connect with us

नान्सी पेलोसी सभामुखमा यथावतै रहने डेमोक्रेट पार्टीको निर्णय

वासिङ्टन, ४ मंसिर : अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत कायम गरेको डेमोक्रेट पार्टीले वर्तमान सभामुख नान्सी पेलोसीलाई नै अर्को दुई वर्षका लागि सभामुखमा चयन गरेको छ । अब आगामी जनवरीमा सदनमा सभामुखका लागि मतदान हुनेछ । हाउसमा डेमोक्रेटको बहुमत रहेकाले पेलोसी विजयी हुने निश्चित छ । सभामुख पेलोसीले राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग मिलेर कार्य गर्न आफू तत्पर रहेको बताउनुभयो ।

सन् २०१९ मा पेलोसीले आफू अरु चार वर्षका लागि मात्र सभामुख हुन चाहेको बताउनु भएको थियो । हाउस डेमोक्रेटका सदस्यहरुले यसै साता सदनभित्रका विभिन्न पदहरुको नेतृत्वका बारेमा पनि निर्णय गर्दैछन् । हाउसका एक तिहाई सदस्यका लागि भएको चुनावमा डेमोक्रेट पार्टीले १० स्थान गुमाएको थियो । यही कारण हाउसमा डेमोक्रेटको झिनो बहुमत कायम भएको छ । सभामुख पेलोसीले अमेरिकाका अघिल्तिर रहेका जल्दाबल्दा समस्याहरु जस्तै स्वास्थ्य सेवाको विस्तार, पर्यावरण संरक्षणको सबलीकरण, नीतिगत तहमा पुनर्संरचना र अर्थतन्त्रमा रहेका व्यापक जातीय विभेदलाई सम्बोधनजस्ता विषयमा राष्ट्रपति–निर्वाचित बाइडेनसँग मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

डेमोक्रेटको हाउस कमिटीले बुधबार नै हाउस बहुमत नेतामा स्टेनी होयर र बहुमत ह्वीपमा जेम्स क्लाइबर्नलाई पुनः निर्वाचित गरेको छ । (रासस–एएनआई)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.