Connect with us

पोखरा उपप्रमुख गुरुङमा कोरोना पुष्टि

गण्डकी, ४ मङ्सिर : पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएको उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले राससलाई जानकारी दिनुभयो । तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिनुभएको थियो । पोखरा महानगरपालिका वडा नं ८ नयाँ सडकस्थित आफ्नै घरमा छुट्टै बस्नुभएकी गुरुङले भन्नुभएको छ, “छिट्टै निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेकी छु ।” (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.