Connect with us

सीतापुल र खलङ्गा पुल दुई दिन खुला

दार्चुला, ४ मङ्सिर : जिल्लाका दुईवटा नाका दुई दिन खुला गरिने भएको छ । व्यासी सौका समुदायको बसाइँसराइलाई मध्यनजर गर्दै सीमा पुल दुई दिन खुला गर्न लागिएको हो । व्यासमा रहेको सीतापुल नाका बुधबार खोलिएको छ । व्यास कुञ्जा वासीलाई सदरमुकाम खलङ्गा झर्न पुल खोलिएको हो । यस्तै व्यासी खलङ्गा पुगेको दिन यही मङ्सिर ८ गते दार्चुला–धार्चुला जोड्ने पुल खुला हुने जनाइएको छ । यस्तै मङ्सिर १९ गते सीतापुल पुनः खोलिनेछ । छाङ्गरुको कुञ्चा–खलङ्गा पुग्ने दिन मङ्सिर २४ गते दार्चुला–धार्चुला जोड्ने पुल खुला हुने छ ।

स्वदेशकै बाटो भएर खलङ्गा आउन सकिने अवस्था नरहेपछि व्यासी सौका समुदायहरुले भारतको बाटो प्रयोग गर्दै खलङ्गा आएका हुन् । बुधबार छाङ्गरुका ६० परिवारको कुञ्चा– खलङ्गा झरेका छन् । सीतापुल नाकाबाट भारतको बाटो भएर कुञ्चा– खलङ्गा झरेको व्यास गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिनुभयो । तिङ्करबाट खलङ्गा पुग्न पाँच दिन लाग्ने बताइएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.