Connect with us

मझगाउँ विमानस्थल सञ्चालनका लागि दश प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने

कञ्चनपुर, १ कात्तिक : सशस्त्र द्वन्द्वका क्रममा सुरक्षाको कारण देखाउँदै बन्द भएको कञ्चनपुरको भीमदत्त नगरपालिकाको मझगाउँस्थित विमानस्थल सञ्चालनका लागि लाग्ने खर्चको १० प्रतिशत रकम महाकाली नगरपालिकाले व्यहोर्ने भएको छ । विमानस्थल सञ्चालन गर्न बसेको नगरपालिकाको बैठकले नेपाल नागरिक तथा हवाई उड्ययन प्राधिकरण र स्थानीय तहको लागत साझेदारीमा विमानस्थल निर्माण तथा सञ्चालनका लागि लाग्ने कूल रकममध्ये १० प्रतिशतले हुन आउने रकम लागत साझेदारी स्वरुप व्यहोर्ने प्रतिबद्धता जाहेर गर्ने निर्णय गरेको छ । प्राधिकरणले आगामी फागुनदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनका लागि कार्य अगाडि बढाउने तयारी गरेको छ ।

प्राधिकरणले विमानस्थल सञ्चालन गर्नका लागि स्थानीय तहको साझेदारी अपेक्षा गरेपछि महाकाली नगरपालिकाले खर्च व्यहोर्ने प्रतिबद्धता गरेको हो । महाकाली नगरपालिकाका प्रमुख वीरबहादुर सुनारले यस क्षेत्रको विकासका लागि विमानस्थल सञ्चालन हुनुपर्ने बताउनुभयो । गत आवमा समेत नगरपालिकाले विमानस्थल सञ्चालनका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । केही दिनअघि प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल सञ्चालनका लागि निरीक्षणको कार्य गरेको छ । बन्द विमानस्थल सञ्चालनका लागि गत वर्ष सम्भाव्यता अध्ययनको कार्यसमेत गरिएको थियो

प्राधिकरणले विमानस्थल सञ्चालनका लागि रनवे, टर्मिनललगायत भौतिक संरचना निर्माण गर्न रु ३७ करोड बजेट अनुमान गरिएको छ । गत वर्ष प्राविधिक समितिले ती सबै संरचनासहित विमानस्थल सञ्चालनका लागि रु ६४ करोड बजेट चाहिने अनुमान गरेको थियो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.