Connect with us

बडादशैँमा भीडभाडका क्रियाकलाप र बोकाबलि निषेध

जनकपुरधाम, १४ असोज : यस पटक वडा दशैं पर्वमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सरोकारबालाको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सो निर्णय गरिएको हो ।

कार्यालयद्वारा जारी सूचनामा परम्परा धान्न संक्षिप्त क्षमा पूजा मात्र गर्न पाउने निर्णय गरिएको उल्लेख छ । बैठकमा प्रदेशसभा सदस्य, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नगरपालिका, गुठी संस्थान र स्थानीय विभिन्न क्लबका प्रतिनिधिको सहभागिता रहेको थियो ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.