Connect with us

बलात्कार अभियोगमा पक्राउ

सप्तरी, १३ असोज : प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ । पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको मौखिक उजुरी पछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको हो । पीडित बालिकाको आइतबार गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.