Connect with us

जीप दुर्घटनामा चालकको मृत्यु

मान्म, १३ असोज : कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्ला खोलामा बलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेत जिल्ला भेरीगङ्गा नगरपालिका– १२ निवासी चालक २८ वर्षीय कर्णबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
सुर्खेतदेखि जुम्ला जाँदै गरेको लु२च २४१२ नम्बरको जीप सडकबाट अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ । कालीकोटका प्रहरी प्रमुख चन्दबहादुर शाहका अनुसार सहचालक सुर्खेत निवासी दीपक डाँगी घाइते भएको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जीपमा ६ जना सवार रहेको बताइएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.