Connect with us

अवैध काठसहित छ पक्राउ

नवलपरासी, ३१ भदौ : अवैधरुपमा काठ चोरी पैठारी गरिरहेका अवस्थामा नवलपरासी ९ बर्दघाट–सुस्ता पश्चिम०बाट छ जना पक्राउ परेका छन् । प्रहरी चौकी बासाबसहीको गस्ती टोलीले सरावल गाउँपालिका–२ देवीनगरस्थित पूर्वपश्चिम राजमार्गबाट अवैधरुपमा काठ ओसारपसार गरिररहेका अवस्थामा आज बिहान काठसहित छ जनालाई पक्राउ गरेको हो ।

बासा प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक महेश रायमाझीको नेतृत्वमा खटिएको टोलीले देवीनगरस्थित उत्तरतर्फको वनबाट छ वटा साइकलमा ल्याउँदै गरेको सात थान अवैध सालको काठसहित ओसारपसारमा संलग्न छ जना र साइकलसमेत नियन्त्रणमा लिएर बुझाएको डिभिजन वन कार्यालय परासीका सूचना अधिकारी प्रज्ञा पौडेलले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका मानिस, साइकल र काठ आवश्यक कारवाहीका लागि सबडिभिजन वन कार्यालय बर्दघाट सरावललाई बुझाइएको प्रहरीले जनाएको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.