Connect with us

‘महामारीविरुद्धको साझा चुनौतीको सामनाका लागि विज्ञान कूटनीति’

काठमाडौँ, ३० भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीले अर्थ सामाजिक क्षेत्रका बहुआयामिक क्षेत्रमा नकारात्मक असर पारेकाले विज्ञान र प्रविधिको सहायताले यसको सामना गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय विज्ञान दिवसका पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक संगठन (युनेस्को) नेपालका निमित्त नेपाल राष्ट्रि«य आयोगको विज्ञान, हाइड्रोलोजिकल प्रोग्राम (आइएसपी) र म्यान एण्ड बायोस्फेर (एमएपी) समितिले नेपाल जर्मन एकेडेमिक एशोसिएशनको सहकार्यमा आज आयोजना गरेको ‘एक्काइसौँ शताब्दीको विज्ञान कूटनीति : नेपाली सन्दर्भमा सहकार्यको माध्यमबाट विकासको अवसर’ विषय भर्चुअल प्रवचन कार्यक्रममा उहाँले साझा चुनौतीको सामना गर्न विश्व एक हुनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले भन्नुभयो, “विश्वको साझा चुनौतीको सामना गर्ने महान कार्यको सामना विज्ञान र प्रविधिले मात्रै सक्दछ । कोरोना महामारी वा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विकास निर्माणमा विज्ञान र प्रविधिको सदुपयोगका लागि हामी तत्पर हुनुपर्छ ।”

उहाँले गत वर्ष राष्ट्रिय विज्ञान तथा नवप्रवर्तन नीति जारी गरी विज्ञान र शिक्षा क्षेत्रलाई नीतिगत तहमा उच्च महत्व दिइएको जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज १ गते ‘स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने नाराका साथ साताव्यापीरुपमा आठौँ राष्ट्रिय विज्ञान दिवस मनाउँदैछ । पूर्वविज्ञानमन्त्री गणेश साहले युवा वैज्ञानिकको प्रतिभालाई हरेक राष्ट्रले उच्च महत्व दिई विकास र निर्माण तथा महामारीविरुद्ध परिचालन गर्न सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव डा सञ्जय शर्माले विज्ञान भूगोल औपचारिक कूटनीतिभन्दा पर र माथि हुने भएकाले यसले जलवायु परिवर्तनका असर न्यूनीकरणजस्ता विषयमा विश्वलाई एकताबद्ध भई लड्न प्रेरित गर्ने जनाउनुभयो । उहाँले विद्यमान कोरोना भाइरसको महामारीको स्थितिमा विज्ञान कूटनीतिको झन् बढी महत्व रहेको हुन्छ । परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी विज्ञान र कूटनीतिका मानवीय विकास, सभ्यता र समृद्धिका साझा लक्ष्य रहेको बताउनुभयो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले विज्ञानसँग सम्बन्धित विज्ञान ज्ञान पार्क र विज्ञान सहरजस्ता अवधारणामा काम भइहेको अवगत जनाउँदै दोस्रो विश्वयुद्धपछि जापन र संयुक्त राज्य अमेरिकाबीचको विज्ञानसम्बन्धी सहकार्यलाई विज्ञान कूटनीतिको अशल उदाहरणका रुपमाम लिनुपर्ने बताउँदै प्रतिष्ठानले नेपालको विकासमा विज्ञानका नयाँ नयाँ आयामको उपयोगका लागि अन्तर्राष्ट्रियस्तरमा सहकार्य बढाएको जनाउनुभयो । युवा वैज्ञानिक डा उत्तमबाबु श्रेष्ठ नीतिगत तहमा विज्ञानलाई उपेक्षा गर्न नहुने भन्दै युवा वैज्ञानिकको क्षमता अभिवृद्धिका लागि माथिल्लो तहबाट काम हुनुपर्ने बताउनुभयो ।

इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यले विकासका लागि विज्ञान महत्वपूर्ण विन्दू भएकाले यसलाई रचनात्मकरुपमा अन्तर्राष्ट्रिय साझा मुद्दाको सम्बोधनका लागि उपयोगन गर्नुपर्ने बताउनुभयो । उहाँले पूर्वाधार, प्रविधि, कृषि र स्वास्थ्य क्षेत्रमा नेपाल र इजरायलसँग सहकार्य भइरहेको जानकारी दिनुभयो । नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफरले त्यहाँको शिक्षा मन्त्रालयले शिक्षा र प्रविधिमा गर्दै आएको नवप्रवर्तन र नेपालसँगको सहकार्यबारे प्रस्तुति दिनुभएको थियो । उहाँले विज्ञानले राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्यलाई सहयोग गर्नुपर्नेमा कुनै दुईमत नरहेको स्पष्ट गर्नुभयो । युनेस्को मुख्यालयमा कार्यरत विशेषज्ञ भानुराज न्यौपाने सबैमा विज्ञान, प्रविधि र तथ्याङ्कको पहुँचका लागि खुल्ला विज्ञानको अवधारणालाई कार्यान्वयन गर्न जोड दिनुभयो । युनेस्को नेपाल आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीले दिगो विकासको लक्ष्यपूर्तिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा हुने नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकता दिइँदै आएको जानकारी दिनुभयो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.