Connect with us

पहिराले आठ घरमा क्षति, चार सवारी साधन बगायो

मुग्लिन, ३० भदौ : पहिराले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो ।

पहिराले दुई मोटरसाइकल, एक÷एक म्याजिक भ्यान र बलेरोमा पनि क्षति पुर्याएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो । गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् । पाँचकिलो बजार नारायणगढ–मुग्लिन सडकखण्डमा पर्दछ । सो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ । पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.