Connect with us

संसदीय दलका नेतामा कनौडिया

खस्यौली, २० साउन : प्रदेश नं ५ को प्रदेशसभामा विपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेतामा वीरेन्द्रकुमार कनौडिया आज सर्वसम्मत चयन हुनुभएको छ । पार्टी संसदीय दलको बैठकले उहाँलाई दलका नेताका रुपमा चयन गरेको प्रदेश नं ५ प्रदेशसभा काङ्ग्रेसका सचेतक निर्मला क्षेत्रीले जानकारी दिनुभयो । कनौडिया यसअघि दलका उपनेता हुनुहुन्थ्यो ।
कपिलवस्तु ३ (ख) बाट निर्वाचित उहाँलाई दलका नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र प्रदेशसभा सदस्य डिल्ली चौधरीले समर्थन गर्नुभएको थियो । गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरलको निधनपछि कनौडिया कार्यवाहक नेता हुनुभएको थियो । संसदीय दलका उपनेताको पद भने रिक्त छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.