Connect with us

भारतको समाजवादी पार्टीका पूर्व नेता सिंहको निधन

नयाँदिल्ली, १८ साउन : भारतको राज्यसभा सदस्य तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन भएको छ । उहाँको उपचारका क्रममा सिंगापुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेता सिंहको सन् २०११ मा मृगौला प्रत्यारोपण गरिएको थियो । ६४ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएको थियो ।
“बरिष्ठ नेता तथा सांसद अमर सिंहको असामयिक निधनको खबरले हामीलाई अत्यन्त दुःखित बनाएको छ,” रक्षा मन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । (रासस-पिटिआई)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.