Connect with us

कम्तिमा २४ रोहिंज्या आप्रवासी मलेसियाको समूद्रमा डुबेको आशङ्का

क्वालालम्पुर-थाईल्याण्ड नजिकै मलेसियाको समुद्री तटमा कम्तीमा दुई दर्जन शरणार्थीहरू बोकेको डुङ्गाबाट हाम फालेको तर आइतबारसम्म एक जना मात्र सम्पर्कमा आएको बताइएको छ । उनीहरू डुङ्गाबाट किन हाम फाले भन्ने विषय खुलेको छैन ।पोडेर तटमा पुगेका एक रोहिंज्या आप्रवासीलाई प्रहरीको जिम्मा लगाइएको तर अन्य रोहिंज्या सदस्यहरू डुबेको आशङ्का गरिएको एक तटवर्ती अधिकारीले आइतबार बताएका छन् ।

उत्तरी राज्य केडा र पर्लिसका तटीय सुरक्षा गार्ड प्रमुख मोहम्मद जववी अब्दुल्लाहका अनुसार २४ बर्षीय नूर हुसेनलाई लाङ्गकावीको रिसोर्ट टापुमा किनारमा पु¥याएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।“अवैधरूपमा मलेसिया प्रबेश गरेका रोहिंज्या आप्रवासी टोलीका २४ जना डुङ््गाबाट हाम फालेका तर पौडी खेली जीवन जोगाउन उनी मात्रै सफल भएका व्यक्ति थिए,” जववीले भन्नुभयो ।वेपत्ता रहेका भनिएका अन्यको खोजी भइरहेको एक अधिकारीले एएफपीलाई बताए । उनका अनुसार समाचार तयार पार्दासम्म कसैलाई पनि जीवित वा मृत अवस्थामा नभेटिएको उनले बताए ।

मुसलमान बाहुल्य मलेसिया रोहिंज्याका लागि रोजिएकको गन्तव्य हो ।तीन बर्ष पहिले म्यानमारमा सैन्य कारबाहीपछि भागेर आएका सात लाखभन्दा बढी रोहिंज्या मुसलमानहरुमध्ये धेरैले बंगलादेशको कोक्स बजार जिल्लामा शरण लिई बसेका थिए भने ।केहीले शिविरमा बढी भीडभाड भएपछि भारत, नेपाल, मलेसिया, इनडोनेसिया लगायतका मुलुकमा शरणार्थी जीवन विताइरहेका छन् ।(रासस÷एएफपी)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.