Connect with us

सर्वसाधारणले मास्क प्रयोग गर्न छाडेपछि सङ्खुवासभामा ‘आफ्नै लागि मास्क’ अभियान शुरु

खाँदबारी -सर्वसाधारणले मास्क प्रयोग गर्न छाडेपछि सङ्खुवासभामा ‘आफ्नै लागि मास्क’ अभियान शुरु गरिएको छ । उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सर्वसाधारणलाई मास्क प्रयोगको बानी बसाउन अभियान थालिएको हो ।सदरमुकाम खाँदबारीका उद्योगी व्यवसायी र प्रहरीले सचेतना फैलाउने क्रममा शनिबार खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा मास्क प्रयोग नगर्नेहरूलाई कोरोनासँग बच्न सामाजिक तथा भौतिक दूरी कायम गर्दै नियमित मास्क प्रयोग गर्न आग्रह गरिएको थियो । सो क्रममा स्थानीय व्यवासायी र प्रहरीहरूले मास्क प्रयोग नगर्नेलाई निःशुल्क मास्क वितरण गरेका थिए ।

अभियानको पहिलो दिन खाँदबारी बजारमा दुई हजारभन्दा बढी मास्क वितरण गरिएको सङ्घका उपाध्यक्ष कृष्णभगत प्रधानले जानकारी दिनुभयो ।प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार लकडाउन खुलेसँगै जिल्लामा लापरवाही पनि बढ्दै गएकाले सम्भावित जोखिमलाई ध्यान दिँदै ‘आफ्नै लागि मास्क लगाऊ’ अभियान सञ्चालन गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा मास्क प्रयोग नगर्नेलाई सम्झाउने र यसपछि कारवाही गर्ने योजना रहेको जानकारी दिनुभयो । “आफ्नै लागि मास्क लगाऊ’ अभियानलाई खाँदबारी नगरपालिकाले पनि सहयोग गर्ने नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताउनुभयो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.