Connect with us

रतनपुरमा नारायणीको कटान तीव्र,बस्ती डुबानको जोखिममा

कावासोती, ४ साउन-नवलपुरको मध्यविन्दु–३, रतनपुरस्थित नारायणी नदीले तीव्र कटान गरेपछि नियन्त्रणको काम थालिएको छ । नदीको कटानले यस क्षेत्रका बस्ती डुबानको जोखिममा समेत परेको जनाइएको छ ।केही दिनयता रतनपुरमा नदीको कटान तीव्र बनेको छ । कटानका कारण रतपुरसँगै, नन्दपुर, सेहरी, सीतापुर, भिउरान, तमासपुर, वरुवा, भडारालगायत गाउ“ डुबानको जोखिममा परेका छन् । कटान तीव्र बनेपछि सङ्घबाट रु ३० लाख, प्रेदशबाट २० लाख र मध्यविन्दु नगरपालिकाबाट १५ लाख गरी जम्मा रु ६५ लाख विनियोजन गरी नियन्त्रणको काम थालिएको नारायणी नदी नियन्त्रण समितिका अध्यक्ष शिव न्यौपानेले बताउनुभयो ।

विनियोजित रकमले तत्कालको कटान नियन्त्रणका लागि काम थालिएको उहाँले जानकारी दिनुभयो । यस क्षेत्रमा ठूला ढु¨ाहरु राख्ने काम भइरहेको छ । जाली बनाएर ‘स्पर’हरु बनाउन हाल असम्भव भएकाले ढु¨ाहरु नदी किनारको कटान क्षेत्रमा थुपारेर कटान रोक्ने पहल गरिएको उहाँले जानकारी दिनुभयो बताउनुभयो । कटान क्षेत्रको निरीक्षण गर्दै सङ्घीय सांसद तिलक महतले नदी नियन्त्रणको दीर्घकालीन उपायको खोजी गरिने छ भन्नुभयो ।

“हाल तत्काल ठूलो क्षति नहोस् भनेर बजेट विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो, “आवश्यकताअनुसार नदी नियन्त्रणका लागि थप बजेट विनियोजन गरिनेछ ।”नवलपुरमा धेरै खेतीयोग्य जमीन बगर बन्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । नवलपुरको अमलटारीदेखि तल्लो भागमा नदीको क्षति बर्सेनी बढ्दै गएको छ । अमलटारीस्थित दुर्गीठोरबाट नदी नवलपुरतर्फ धार परिवर्तन गरेकाले यसलाई साबिककै बहाव क्षेत्रमा लैजानु नै दीर्घकालीन समाधानको उपाय हुने बताइएको छ ।

नदीपारि कङ्क्रिटको बगर बनेको छ । यसले गर्दा नदी नवलपुरतर्फ सर्ने क्रम क्रमशः बढेको छ । नदीलाई साबिकै क्षेत्रबाट बग्ने बनाउन दुर्गीठोरमा करीब तीन किलोमिटर ‘च्यानलाइज’ गर्नुपर्ने नदी नियन्त्रण समितिका अध्यक्ष न्यौपानेले बताउनुभयो । “नदी नियन्त्रणको नाममा बर्सेनी करोडौँ रकम लगाइएको छ, तर उचित ठाउ“मा लगाइएको छैन”, उहाँले भन्नुभयो, “अमलटारीबाट नदीलाई साबिककै बहाव क्षेत्रमा मोड्न एकत्रित लगानी गर्ने हो भने सबै समस्याको समाधान हुन्छ ।” (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.