Connect with us

अधुरै रह्यो इन्जिनियर सतीशको बिहेको सपना मेलम्चीको भेलमा बगेर,आमा अझै अर्धचेत,यो कस्तो अन्याय (भिडियो हेर्नुहोस)

मेलम्चीको भेलमा वगेर ज्यान गुमाएका सतीशको परिवार अहिले शो’कमा डुवेको छ । परिवारका सदस्यलाई त्यो सत्य विश्वास गर्न निकै कठिन भइरहेको छ । छोराको भविष्यका लागि आमा बुवाले जिवनमा निकै धेरै संघर्ष गरेका थिए । उनकै भविष्यका लागि आफने दुख विर्सेका थिए । तर इन्जिनियर बनिसकेको जवान छोरालाई अचानक गुमाउनु पर्दा ‘आमा मञ्जु अर्धचेत अवस्थामा छन् । उनको गला सुकेको छ ।जनकपुरधाम उपमहानगरपालिका ४ कदमचोकका स्थानीय बासीन्दा सतीशको घरमा यतिबेला शो’क छाएको छ । छोराको शोकमा डुबेका बुबा अमरकिशोर गोइतको सपना हराएको छ । ७४ वर्षे हजुरबुबा कृष्णवीरको अवस्था नाजुक भएको छ ।

२५ वर्षको कलिलो उमेरमा निधन भएका सतिशको विवाह समेत निश्चित भइसकेको थियो । छोराको विवाह गरेर वुहारी ल्याउने आमाबुवाको सपना भत्किएको छ ।मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गएको मंगलबार दिउँसो सुरुङको १७ नम्बर गेट फु’ट्दा २५ वर्षीय सतीश गोइतसहित दुईजना हराएका थिए । उनीसंगै गाडी चालक राधाकृष्ण थापा समेत हराएका हुन् । तर इन्जिनियर गोइतको शव फेला परेको थियो भने चालक अझै हराइरहेका छन् । सतीशको शवलाई जनकपुर ल्याएर बिहीबार जनकपुरधामस्थित स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ। सतीशले सोमबार बिहान घरपरिवारका सदस्यहरुसंग एकघण्टा लामो कुराकानी गरेका थिए। भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.