Connect with us

प्रधानमन्त्री ओलीले श्री राम भागवान नेपाली हुन भनेपछी भारतमा बस्ने नेपालीमाथि शुरुभो ज्यादती, जबर्जस्ती मुण्डन गराई टाउकोमा लेखियो श्रीराम(भिडियो हेर्नुहोस)

प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि नेपालमा रहेको र भारतले नक्कली अयोध्या बनाई सांस्कृतिक हस्तक्षेप गरेको अभिव्यक्ति दिएकामा त्यसको मार भने भारतमा रहेका नेपालीले खेप्न बाध्य भएका छन् । ओलीको अभिव्यक्तिपछि भारतमा रहेका नेपालीमाथि भारतीय हिन्दूवादीहरुले अनेकन ज्यादती दिन थालेका हुन् ।आफूलाई हिन्दू बताउने अतिवादी भारतीयहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोध भन्दै त्यहाँ रहेका नेपालीमाथि गरेका ज्यादतीका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।जसमा हालै एक नेपालीलाई हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले जबरजस्ती मुण्डन गराएर राम भारतमा जन्मेको भन्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाइएको भिडियो सार्वजनिक भएको हो ।

अतिवादी हिन्दूहरुले ती नेपाली युवाको जबरजस्ती कपाल खौरेर तालुमा जय श्रीराम लेखेको भिडियोमा देखिन्छ । सामाजिक सञ्जालमा यस्तो भिडियो भाइरल भएपछि घटनाबारे चासो देखाउँदै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा गरिएको जानकारी दिनुभएको छ ।प्रधानमन्त्री ओलीले असार २९ गते आदिकवि भानुभक्त जयन्तीका दिन हिन्दूहरुका भागवान राम नेपालमा जन्मिएको र अयोध्या पनि नेपालको वीरगञ्जनजिक ठोरीमा रहेको दाबी गर्दै अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएपछि त्यसको नेपालभित्रै र भारतमा पनि आलोचना भएको छ । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.